७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसपीको कमाण्डमा शिवरात्रिको सुरक्षामा ३५ सय प्रहरी परिचालन

अ+ अ-

काठमाडौँ । शिवरात्रिलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा लागू गरेको छ । सोमबार रातिबाटै काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले विशेष सुरक्षा योजना बनाएर लागू गरेको हो ।

शिवरात्रिमा आउने भक्तजन तथा दर्शनार्थीहरूको घुइँचो हुनसक्ने आपराधिक घटनालाई लक्षित गरेर सुरक्षा योजना बनाएर लागू गरिएको रानीपोखरीका एआईजी टेकबहादुर तामाङले बताए । उनका अनुसार एसपीको कमाण्डमा ३५ सय बढी प्रहरी परिचालन गरिने छ ।

एआईजी कार्यालय रानीपोखरीले जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहोराको कमाण्डमा प्रहरी परिचालन गरेको छ । बोहोराको कमाण्डमा तीन सिफ्टमा गरेर ३५ सय ११ प्रहरी परिचालन हुनेछन् ।

कमाण्डमा पोस्टमा परिसरबाट ३१ पुरुष र रानीपोखरीबाट १० महिला गरी ४१ जना प्रहरी रहेनछन् । सब कमाण्ड पोस्टमा भने १३३ जना प्रहरी रहनेछन् ।

पशुपति क्षेत्रको सुरक्षाका लागि तीन सिफ्टमा प्रहरी परिचालन हुने भएका छन् । एक सिफ्टमा १ हजार २४ प्रहरी परिचालन गरिनेछन् । ८ घण्टा ड्युटीका दरले तीन सिफ्टमा प्रहरी परिचालन गरेर सुरक्षा दिने प्रहरीको तयारी छ ।

कमाण्ड पोस्टमा ४१, सब कमाण्ड पोस्टमा १३३, सादा पोसाक ४०, फोटो ग्राफर ६, सञ्चारका १०, रिजर्भ फोर्स १३५, स्ट्राइकिङ १३५, मोबाइल गस्ती १४ र १ हजार २४ का दरले तीन सिफ्ट मा गरेर ३ हजार ७२ गरी कुल ३ हजार ५११ प्रहरी परिचालन हुनेछन् ।

यसरी खटिनेमध्ये परिसरबाट १ हजार ११४ पुरुष र महिला १५३ गरी १ हजार ३०७ जना प्रहरी खटिनेछन् । रानीपोखरीबाट १ हजार ४३२ पुरुष प्रहरी र ७७२ महिला गरी २ हजार २०४ प्रहरी परिचालन हुनेछन् । यो बाहेक ट्राफिक प्रहरी पनि छुट्टै परिचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस