२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताको अधिकार खोस्न खोजे महँगो पर्ने ‘प्रचण्ड’को चेतावनी

अ+ अ-

रतुवामाई (मोरङ) । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता जागिसकेकाले अब कसैले जनताको अधिकार खोस्न नसक्ने बताएका छन् । अधिकार खोस्ने प्रयास गरे महँगो पर्ने उनको चेतावनी छ ।

‘जनतासँग माओवादी तराई-मधेश जागरण अभियान’अन्तर्गत आज मोरङको रतुवामाई नगरपालिकामा आयोजित जनसभालाई सम्बोधन गर्दै ‘प्रचण्ड’ले यस्तो बताएका हुन् ।

कसैको दया-मायाबाट नभई संघर्षको बलमा जनताका अधिकार प्राप्त भएको भन्दै उनले त्यसमा आँखा नलगाउन चेतावनी दिए ।

‘हिजो गणतन्त्र प्राप्तिको आन्दोलनलाई बयलगाढा चढेर अमेरिका पुगिँदैन भनेर जनताको आन्दोलनलाई होच्याउनेहरू अहिले जनताले पाएका अधिकारलाई माओवादी एजेन्डा देख्न थालेका छन्,’ उनले भने, ‘जुन कुनै बहानामा जनताका अधिकार खोस्न खोजियो भने त्यो महँगो पर्नेछ ।’

अन्य दलसँग संघर्षभन्दा बढी समन्वय गर्दा पार्टी र आफ्ना एजेन्डा कमजोर भएको उल्लेख गर्दै उनले काँग्रेससँग मिल्दा काँग्रेस र एमालेसँग मिल्दा एमाले बलियो हुने तर माओवादी सधैँ कमजोर हुने अवस्था अब आउन नदिने बताए ।

अध्यक्ष ‘प्रचण्ड’ले अब दलाल, बिचौलिया र भ्रष्ट दलहरूसँग होइन, उत्पीडित जनतासँग मिलेर समाजवादको यात्रामा अघि बढ्न संकल्पसहित जनतामा आएको धारणा राखे ।

गिरिजाप्रसाद कोइराला र कुनै समय मदन भण्डारीको समेत निर्वाचन क्षेत्रमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोइराला शान्ति सम्झौताका एक हस्ताक्षरकर्ता र भण्डारी जनवादी क्रान्तिको तयारीमा आफूलाई समर्पित गर्ने नेता भन्दै स्मरण गरेका थिए । अहिलेको सरकार दुवै व्यक्तित्वको सपना पूरा गर्नतिर भन्दा निश्चित दलालको चाहनामा अघि बढिरहेको उनले आरोप लगाए ।

‘प्रचण्ड’ले पहिलो पटक प्रधानमन्त्री हुँदा ३० हजार रुपैयाँसम्मको कृषि ऋण मिनाहा गरेको, दोस्रो पटक प्रधानमन्त्री हुँदा राष्ट्रिय सहमति जुटाएर संविधान कार्यान्वयन गरेको, नेपाललाई लोडसेडिङमुक्त घोषणा गरेर उज्यालोको नयाँ युग सुरु गरेको भन्दै तेस्रो पटक प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा महाअभियान थालेको बताए ।

सामाजिक न्यायको रूपमा नागरिकताविहीन नागरिकलाई नागरिकता प्रदान गर्ने कानुन बनाइएको, मिटरब्याज पीडित, सहकारी पीडित र लघुवित्त नागरिकलाई न्याय दिने तथा देश भित्र र बाहिरका अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जोड्ने काम गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले देशलाई आर्थिक संकटबाट मुक्त गर्न महत्त्वपूर्ण थालनी गरिएको बताए ।

प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा आफूले सुरु गरेका मध्य पहाडी लोकमार्ग, मदन भण्डारी मार्ग, उत्तर दक्षिण कोरिडोर लगायतका आयोजना पूरा हुने चरणमा हुनु खुसीको कुरा भएको उनको भनाइ थियो । आफूले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा लिएको पहलबाट डराएर भ्रष्ट, दलाल र बिचौलियाहरूले काँग्रेस र एमालेका नेतालाई आफ्नै घरमा बोलाएर अलोकतान्त्रिक, अप्राकृतिक र अपारदर्शी ढङ्गले अहिलेको सरकार बनेको स्पष्ट गरेका छन् ।