११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फेब्रुअरीमा भित्रिए ९६ हजार पर्यटक

अ+ अ-

काठमाडौँ ।  सन् २०२५ को फेब्रुअरी महिनामा ९६ हजार भन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । पर्यटन बोर्डका अनुसार यस महिना ९६ हजार ८ सय ८० पर्यटक नेपाल भित्रिएका हुन् ।

पर्यटक भित्रिएको यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा कम हो । सन् २०२४ को फेब्रुअरीमा ९७ हजार ४२६ पर्यटक नेपाल भित्रिएका थिए । त्यस्तै, पर्यटक आगमनको यस्तो सङ्ख्या सन् २०२३ को फेब्रुअरीमा ९९ हजार ४२६ रहेको थियो भने सन् २०२२ को फेब्रुअरीमा ४५ हजार १५२ जना आएका थिए ।

सन् २०२५ को फेब्रुअरीमा सबैभन्दा बढी भारतीय पर्यटक नेपाल आएका छन् । यस महिना भारतबाट १९ हजार १८७ जना नेपाल भ्रमणका लागि आएका हुन् । यस अवधिमा अमेरिकाबाट १० हजार ३४८ जना  आएका छन् भने चीनबाट ८ हजार २३२ जना पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन बोर्डले जनाएको छ ।

त्यस्तै, यस अवधिमा थाइल्याण्डबाट ५ हजार ६०९ जना आउँदा बेलायतबाट ५ हजार ५७ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यस्तै, बंगलादेशबाट ४ हजार ८७४ जना पर्यटक नेपाल आउँदा श्रीलंकाबाट ४ हजार ३७० र अष्ट्रेलियाबाट ३ हजार ७३७ जना पर्यटक आएका छन् ।

यस महिना म्यानमारबाट ३ हजार १४९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यसका साथै साउथ कोरियाबाट २ हजार ७७९ जना पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस