९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्दोलनरत विद्यार्थीले हटाए नेविसंघले धनगढीमा राखेका झन्डा

अ+ अ-

काठमाडौँ। धनगढीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको स्वागतमा लगाइएको झन्डा आन्दोलनरत विद्यार्थीले हटाएका छन् ।

भोलिदेखि सुरु हुने नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन गर्न काँग्रेस सभापति देउवासहितका नेताहरू सहभागी हुने भएपछि नेविसंघका विद्यार्थीहरूले सडक क्षेत्रमा पार्टीका झण्डा राखेका थिए ।

तर प्रदेश सरकारले ल्याउन लागेको सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धी ऐनको विरोधमा आन्दोलनरत विद्यार्थीले ती झन्डा हटाएका हुन् ।

आन्दोलनमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी र रास्वपाका नेता सन्तोष जोशी लगायत देखिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका उनीहरूले सडकमा लगाइएका झन्डा हटाइदिएका हुन् ।

उनीहरूले झन्डा हटाउँदा नेविसंघका विद्यार्थीले विरोध गरेका थिए । त्यसक्रममा केहीबेर सडक अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस