२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलम्पिक कमिटीले भन्यो- ‘वैदेशिक भ्रमणमा रोक लगाउने राखेपको पत्राचार असंवैधानिक’ 

अ+ अ-

काठमाडौँ । नेपाल ओलम्पिक कमिटीले संस्थाका पदाधिकारी तथा सदस्यलाई वैदेशिक भ्रमणमा रोक लगाउने भनी राष्ट्रिय खेलकुद परिषद्ले गरेको पत्राचार असंवैधानिक भएको जनाएको छ । 

कमिटीले आज पत्रकार सम्मेलन आयोजना गरी कानुनले तोकेको कसुरबाहेक कुनै व्यक्तिलाई हिँडडुल गर्नै रोक्ने कार्य निरङ्कुश कदम भएको दाबी गरेको हो । 

गत फागुन ६ गते खेलकुद परिषद्ले निर्वाचित ओलम्पिक कमिटीका पदाधिकारी एवं सदस्यहरूलाई वैदेशिक भ्रमणमा रोक लगाउने भनी अध्यागमन कार्यालयलाई पत्राचार गरेको कमिटीको दाबी छ । 

सोही पत्राचारका आधारमा कमिटीका अध्यक्ष एवं पूर्वमन्त्री जीवनराम श्रेष्ठलाई गत फागुन २६ गते कुवेत प्रस्थान गरिसकेपछि त्यहाँको अध्यागमनलाई डिपोर्ट गर्न आग्रह गरिएको कमिटीको आरोप छ ।

“यस्तो व्यवहार र हस्तक्षेप गर्ने कार्य नेपालको संविधान र कानुनविपरीत हो”, अध्यक्ष श्रेष्ठले भने, “संविधान र ओलम्पिक बडापत्र विरुद्धका यस्ता कदम तत्काल बन्द गर्न सरकारसमक्ष माग गर्दछौँ ।” उनले यसबाट नागरिकको हिँडडुल गर्न पाउने संवैधानिक अधिकार र मानवअधिकारलाई कुण्ठित गरेको बताए ।

कमिटीले खेलकुद परिषद्बाट भएको असंवैधानिक पत्राचार फिर्ता लिएर खेल क्षेत्रमा हस्तक्षेप बन्द गर्न पनि माग गरेको छ ।