काठमाडौँ । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे बस्ने छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा पार्टी गतिविधि र कार्यक्रमबारे छलफल हुने बताइएको छ ।
समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा चैत १५ गते काठमाडौँमा गर्ने प्रदर्शनको तयारीबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।