काठमाडौँ। पद्मकन्या क्याम्पसमा स्ववियु निर्वाचनका लागि भएको मतदान सकिएको छ। चैत ५ गतेका लागि तय भएको निर्वाचन विवादका कारण आजलाई सरेको थियो।
६ हजार २०३ मतदाता रहेको क्याम्पसमा १५ सय ९६ मत खसेको छ। अहिले केही बेरमा गणना थाल्ने तयारी छ।
नेविसंघबाट पुर्णिमाया परियार र भूपी ऐरका दुई प्यानल छन् भने अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट सुनिता घिमिरे सभापतिको उम्मेदवार छिन् उनी अनेरास्ववियुकी उम्मेदवार हुन्।
त्यहाँ नेकपा एस निकट अनेरास्ववियू र विप्लव निकट नेकपाको अलग्गै प्यानल छ। उनीहरूले अनेरास्ववियूको प्रजिना दर्नाललाई उम्मेदवार बनाएको छ।







