काठमाडौँ। सत्तापक्षले तीनकुनेमा भएको राजावादीको प्रदर्शन पूर्व राजा ज्ञानेन्द्र शाहको उक्साहटमा भएको सफ्ट कु भएको बताएको छ ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रवारको बैठकमा समितिका सदस्य समेत रहेका सत्तारुढ दल नेकपा (एमाले)का सांसद रघुजी पन्तले यस्तो बताएका हुन् ।
उनले भने, १५ गतेको घटनामा पूर्व राजा ज्ञानेन्द्र शाहको उक्साहटमा भएको सफ्ट कु हो । यो संवैधानिक व्यवस्था अनुसार भएको प्रदर्शन होइन, यो सफ्ट कु नै हो, त्यस दिन सिंहदरबार र नारायणहिटी कब्जा गर्ने नै योजना थियो । आन्दोलनका कमान्डर दुर्गा प्रसाईँले हतियार ल्याएर आऊ भनेको होइन र ?






