१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकीकृत समाजवादीले देशभर विरोध प्रदर्शन गर्ने

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले तीनकुनेमा भएको प्रदर्शनका क्रममा आफ्नो पार्टीमा गरिएको तोडफोड तथा आगजनीको छानबिनको माग गर्दै यही चैत २५ गते देशभर विरोध प्रदर्शन एवं सभा गर्ने भएको छ ।

पार्टीले घटनाको निष्पक्ष छानबिन गरी त्यसमा संलग्न दोषीलाई कानुनी कारबाहीका लागि दबाब दिने उद्देश्यले विरोध प्रदर्शन एवं सभा गर्न लागिएको हो । पार्टी मातहतका कमिटीले देशभरका पालिका, वडा तह, प्रदेश, क्षेत्रमा विरोध प्रदर्शनको कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।

उक्त घटनाबाट पार्टीमा पुगेको क्षति विवरण संकलन गर्न केन्द्रीय उपमहासचिव रामकुमार भट्टराईको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । मुलुकको पछिल्लो विकसित राजनीतिक घटनाक्रम, अन्तर्राष्ट्रिय परिस्थितिबारे जनतालाई सुसूचित गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि मुलुकमा सुशासन, रोजगारी, समृद्धिलगायत विषयमा देशभर राजनीतिक सभा गर्ने कार्यसूची छ । 

पार्टीले संठन सुदृढीकरणका लागि जनताको आर्थिक तथा सामाजिक न्यायको अवस्था अध्ययन गरी उनीहरूको गरिबी निवारण, सुशासन, जनजीविका केन्द्रित आन्दोलनका कार्यक्रम बनाएको छ । मुलुकमा राजनीतिक आडमा भएका विकृतिबारे भण्डाफोरको प्रस्ट पारिने छ ।

पार्टीका सम्बन्धित कमिटीले सरोकार पक्षसँग सार्वजनिक रूपमा छलफल गरी उनीहरूको सुझाव सल्लाह लिएर पार्टीले अवलम्बन गरेको समाजवादी कार्यक्रमलाई परिमार्जन गरिने जनाइएको छ ।

राजनीतिक स्थिरताका लागि निर्वाचन प्रणाली सुधार गर्ने, जनताको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि समाजवादी कार्यक्रम कार्यान्वयन गर्ने विषयमा जनस्तरबाट आएका सुझाव समावेश गरिनेछ । पार्टीले यही चैत २ देखि आगामी वैशाख २२ गतेसम्म सञ्चालन गरेको अभियान जारी छ । 

प्रतिक्रिया दिनुहोस