काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सोमबार अदालतमा उपस्थित गराइँदै छ।
उनलाई रूपन्देही प्रहरीले आज जिल्ला अदालतमा उपस्थित गराउने छ। यसअघि रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा उनलाई उच्च अदालत तुलसीपुरको थुनामा पठाउने आदेश गरेको थियो। आदेशसँगै लामिछानेलाई काठमाडौँबाट शुक्रबार पक्राउ परेका थिए ।
त्यसपछि लामिछानेलाई शनिबार बिहान रूपन्देही लगिएको थियो । शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा परेकाले उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखेर आज अदालतमा उपस्थित गराउन लागिएको हो । उनी सुप्रिम ठगी मुद्दामा यसअघि माघ १३ गते लामिछाने एक करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।







