काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको विज्ञ सञ्चालक सदस्यमा २ जना सिफारिस भएका छन् ।
खाद्य व्यवस्था कम्पनी लिमिटेडको रिक्त सञ्चालक सदस्य पदमा २ जना सिफारिस गरिएको हो ।
खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि ३ चैतमा दरखास्त आह्वान गरिएको थियो ।