काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा २ हजार रुपैयाँले बढेर एक लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन प्रतितोला एक लाख ७३ हजार ४०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी पाँच रुपैयाँले बढेर एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा १ हजार ८३० रुपैयाँ कायम भएको थियो ।