काठमाडौँ। मलेसियाका पूर्वप्रधानमन्त्री अब्दुल्लाह अहमद बदावीको निधन भएको उनको परिवारले जनाएको छ ।
अब्दुल्लाहले आफ्ना पूर्ववर्ती महाथिर मोहम्मदबाट पदभार ग्रहण गरेपछि सुधारको वाचा गरेका थिए तर कमजोर नेतृत्वका लागि उनको आलोचना गरिएको थियो ।
पचासी वर्षीय वृद्ध अब्दुल्लाहको लामो समयसम्म बिरामी रहेपछि सोमबार अस्पतालमा निधन भएको हो । राजकीय सम्मानका साथ मंगलबार उनको अन्त्येष्टि गरिनेछ ।