९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजसंस्था पुनर्स्थापना समितिको संयोजकमा पुन: सुवेदी

अ+ अ-

काठमाडौँ। राजसंस्था पुनर्स्थापनाका लागि भन्दै गठित समितिका संयोजकमा पुन: नवराज सुवेदी तोकिएका छन् ।

सुवेदीलाई मंगलबारबाट पुन: संयोजकको रुपमा जिम्मेवारी तोकिएको समितिका प्रवक्ता स्वागत नेपालले जानकारी दिएका छन् ।

यसअघि गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि सुवेदी प्रहरीको निगरानीमा घरमै रहेका थिए । उनको घरमा आजबाट प्रहरीले निगरानी छाडेको छ ।

यसबीचमा जगमान गुरुङलाई संयोजक बनाइएको थियो ।

१५ चैतमा राजावादी समूहले गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा दुई जनाको मृत्यु र प्रहरीको गोलीबाट २० जना घाइते भएका थिए ।

त्यसक्रममा सार्वजनिक र निजी सम्पत्ति जलाइएका थिए । प्रहरीले अनुसन्धानका क्रममा राप्रपा नेता रवीन्द्र मिश्र, जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंसहितका व्यक्तिहरू पक्राउ गरेको थियो ।

सुवेदीलाई भने घरमै निगरानीमा राखिएको प्रहरीले बताएको थियो ।

प्रतिक्रिया दिनुहोस