काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा १ हजार ४०० रुपैयाँले घटेर एक लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन तोलामा १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।