२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राण प्रतिष्ठाबाट चार करोड बढी रकम संकलन

अ+ अ-

काठमाडौँ । नारायण पोखरेल प्रतिष्ठानले काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा निर्माण गरेको बद्रीनारायण धामको प्राण प्रतिष्ठाबाट रु चार करोड चार लाख ४२ हजार ३४१ नगद संकलन भएको छ ।

प्रतिष्ठानको आयोजनामा गत वैशाख १९ देखि २७ गतेसम्म सञ्चालन भएको प्राण प्रतिष्ठामा दान, कलश बिक्री, दान पेटिकालगायतबाट उक्त रकम संकलन भएको बद्रीनारायण प्राण प्रतिष्ठा मूल समारोह समितिका कोषाध्यक्ष भीमसेन पोखरेलले जानकारी दिए। मूल समारोह समितिले आयोजना गरेको आयव्यय सार्वजनिक समारोहमा कोषाध्यक्ष पोखरेलले दान रसिदबाट रु तीन करोड ८० लाख पाँच हजार, दान पेटिकाबाट रु १४ लाख ३७ हजार र मातृ शक्तिबाट रु १० लाख आम्दानी भएको बताए। यस्तै उक्त प्राण प्रतिष्ठामा विभिन्न शीर्षकमा रु एक करोड चार लाख ४५ हजार ४६१ खर्च भएको जनाइएको छ । 

कार्यक्रममा नारायण पोखरेल प्रतिष्ठानका प्रमुख संरक्षक दिनबन्धु पोखरेलले चार धाममध्ये एक धाम नेपालमा छ भन्ने सन्देश दिन बद्रीनारायण धाम निर्माण गरिएको बताए।  बद्रीनारायण प्राण प्रतिष्ठा मूल समारोह समितिका संयोजक जयराम लामिछानेले नागार्जुन नगरपालिकालाई चिनाउनका लागि धामले महत्त्वपूर्ण भूमिका खेलेको बताए। उक्त धाममा बद्रीनारायण मन्दिरका साथै प्रशासनिक भवन, नारायण पोखरेल प्रतिष्ठानको कार्यालय, योग ध्यान केन्द्र, हवन कुण्ड, गणेश, सूर्य, देवी र शिवसहितको पाञ्चायन मन्दिर बन्ने छ ।