२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालाजु पौडी पोखरी सञ्चालन, पहिलो दिनमै २ सयले लिए सेवा

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बालाजुमा रहेको पौडी पोखरी सञ्चालनमा ल्याएको छ । विक्रम संवत् २०७२ को भूकम्पपछि बन्द भएको पौडी पोखरी मर्मतसम्भार गरी आजदेखि सञ्चालनमा ल्याइएको हो ।

सञ्चालनको पहिलो दिन २०५ जनाले सेवा लिँदा रु. ४० हजार शुल्क संकलन भएको बालाजु बाइसधारा उद्यान कार्यालयका प्रमुख निरञ्जनविक्रम बस्नेतले जानकारी दिए । आर्थिक वर्ष २०८१/८२ का लागि काठमाडौँ महानगरपालिकाले जारी गरेको आर्थिक ऐन अनुसारको शुल्क निर्धारण गरिएको हो । पौडी पोखरी सञ्चालनका लागि मस्यौदा कार्यविधि तयार भइसकेको छ ।  कार्यविधि र आर्थिक वर्ष २०८२/८३ का लागि जारी गरिने आर्थिक ऐनबाट स्थानीयका माग सम्बोधन गरिने बताइएको छ ।

अठार लाख लिटर पानी अटाउने उक्त पोखरीको लम्बाइ ५० मिटर र चौडाइ १८ मिटर छ । गहिराइ ३ देखि १० फिटसम्म छ । पोखरीको पानी शुद्ध बनाउन पानी प्रशोधन प्लान्ट छ भने  पानीको पिएच भ्यालु र क्लोरिन भ्यालुको सन्तुलन गर्न स्वचालित डिजिटल प्रणाली जडान गरिएको प्रमुख बस्नेतले बताए । उक्त ठाउँमा प्राविधिकसहितको जनशक्ति परिचालन गरिएको छ ।

बालाजु बाइसधारा उद्यान १५८ रोपनी क्षेत्रफलमा फैलिएको छ । तत्कालीन राजा जयप्रकाश मल्लको पालामा २१ वटा धारा निर्माण गरिएका थिए । पछि रणबहादुर शाहले बीचमा एउटा ठूलो धारा निर्माण गराएपछि यसको नाम बाइस धारा रहन गएको हो । विसं २०१८ मा तत्कालीन राजा महेन्द्र शाहको पालामा बालाजु बाइसधारा उद्यान निर्माण भएको हो । सर्वसाधारणका लागि भने यो २०२१ सालदेखि खुला गरिएको हो ।

भूकम्पले पोखरीको संरचना चर्किएपछि पानी चुहिन थालेको थियो । रु. सात करोड ४३ लाख ३१ हजारको लागतमा २०८० चैत १९ गते पोखरी पुन:निर्माण गरिएको प्रमुख बस्नेतले बताए ।