काठमाडौँ । मंगलबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक ३५.७३ अंक (१.३२ प्रतिशत) घटेको छ । सो अंकको कमीपछि नेप्से २६५८.९३ मा अडिएको छ ।
बजारको गिरावटसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब २२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६७ करोडको भयो ।
३४ कम्पनीको मूल्य बढ्दा २१४ को घट्यो । आज सबै सेक्टरका सूचक घटेका छन् । बैंकिङ सबैभन्दा धेरै २.३४ प्रतिशत घट्यो । विगत दुई साता बजार बढ्दा यहीँ सेक्टर उच्च दरले बढेको थियो ।
राजनीतिक अन्योलताका बीच नाफा बुक गर्ने कारोबारी हाबी हुँदा आज बजार प्रभावित बन्यो ।
त्यस्तै विकास बैंक १.१४, फाइनान्स ०.८३, होटेल तथा पर्यटन २.१२, हाइड्रोपावर ०.९६, लगानी १.२९, जीवन बीमा ०.७४, उत्पादन ०.०१, माइक्रो फाइनान्स १.२७, निर्जीवन बीमा ०.६८, अन्य ०.९८ तथा व्यापार समूह १.३७ प्रतिशत घटे ।







