२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मुलुकको विकासका निम्ति दुवै छिमेकीको सहयोग अपरिहार्य’: ईश्वर पोखरेल

अ+ अ-

महेन्द्रनगर (धनुषा) । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकको विकासका निम्ति दुवै छिमेकी राष्ट्रको साथ एवं सहयोग अपरिहार्य भएको विचार व्यक्त गरेका छन् । 

चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्टद्वारा जनकपुरको सरस्वती नमूना माध्यमिक विद्यालयलाई आज शैक्षिक सामग्री हस्तान्तरण गर्दै उनले दुवै छिमेकीले हासिल गरेको आर्थिक विकास हाम्रा लागि प्रेरक छ भने । उनले दुवै देशको सहयोगबाट मुलुकलाई विकासको पथमा अग्रसर गराउन सकिने बताए । 

देशको सामाजिक–आर्थिक विकासका लागि चीन सरकारबाट निरन्तर सहयोग प्राप्त भएकामा आभार व्यक्त गर्दै नेता पोखरेलले नेपाललाई शिक्षा तथा स्वास्थ्य क्षेत्रको विकासमा सहायता बढाउन आग्रह गरे । 

 पूर्वमन्त्री जुलीकुमारी महतोले नेपालको भौतिक पूर्वाधारको निर्माणमा चीन सरकारले गरेको सहयोगको सराहना गरिन् ।

विद्यालयका प्रधानाध्यापक नागेश्वर साहले विद्यालयको शैक्षिक उन्नयनका निम्ति चीन सरकारबाट प्राप्त सहयोगका निम्ति कृतज्ञता ज्ञापन गरिन् । 

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाका अवसरमा चीन सरकारले सहायता सामग्री हस्तान्तरण गरेको हो । आजै उक्त संस्थाले जनकपुरधामस्थित प्रादेशिक अस्पतालको प्रसूति गृहलाई चिकित्सा उपकरण प्रदान गरेको छ ।