काठमाडौँ । २६ लाख रुपैयाँ बराबरका सुनका गहना ठगेर फरार भएको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका-११ का ३८ वर्षीय दानबहादुर तामाङ र २६ वर्षीय दानबहादुर तामाङ रहेका छन् ।
उनीहरूले काठमाडौँका विभिन्न स्थानका सर्वसाधारणलाई आफूहरू विदेशबाट भर्खरै आएको बताउँदै विदेशी मुद्रा साट्न सहयोग गरे रकम दिने भन्दै झुक्याएर २६ लाख रुपैयाँ बराबरका सुनका गर गहना लिए फरार भएका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई हल परिसरले काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर उनीहरूलाई हिरासतमा राखी अनुसन्धान अगाडि बढाएको छ ।







