२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रम मन्त्री भण्डारी जेनेभा प्रस्थान

अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी ११३औँ अन्तरराष्ट्रिय श्रम सम्मेलनमा भाग लिन जेनेभा प्रस्थान गरेका छन् । 

आज साँझ नेपाली टोलीको नेतृत्व गर्दै मन्त्री भण्डारी अन्तरराष्ट्रिय श्रम संगठनको आयोजना ११३औँ अन्तरराष्ट्रिय श्रम सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेका हुन् । 

जेठको १९ देखि ३० गतेसम्म जेनेभामा ११३औँ अन्तरराष्ट्रिय श्रम सम्मेलन सञ्चालन हुँदै छ । यस अन्तरराष्ट्रिय श्रम सम्मेलनमा मन्त्री भण्डारीले प्लेनरी सत्रमा सम्बोधनका क्रममा अनौपचारिक श्रमलाई औपचारिकीकरण, सामाजिक न्याय प्रवर्द्धन, मर्यादित रोजगारी, नेपालको दसवर्षे आन्तरिक रोजगारीको योजना साथै मुलुकको दीर्घकालीन लक्ष्य र प्राथमिकताका विषयहरूलाई प्रस्तुत गर्नेछन् ।

सचिवालयका अनुसार मन्त्री भण्डारीले जेठ २६ गते प्लेनरी सेसनलाई विशेष सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन अन्तरराष्ट्रिय श्रम संगठनका महानिर्देशक गिल्बल्र्ट एफ हाउङवो र मन्त्री भण्डारीबीच द्विपक्षीय छलफल गर्ने कार्यक्रम छ ।

त्यसैगरी, साउदी अरेबियाको अन्तरराष्ट्रिय मामिला उपमन्त्री डा. तारिक अल हमदसँग नेपाल र साउदी अरबको श्रमसम्बन्धी विषयमा द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको छ । 

जेठ २९ मा हुने सामाजिक न्यायसम्बन्धी विश्वव्यापी गठबन्धनको मञ्च कार्यक्रममा सहभागी हुने र विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

जेठ ३० गते सभाको प्लेनरी सेसनको समापन सत्रमा सहभागी भई भ्रमण टोली स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।