२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दलित मुक्तिको आधार खोज्न राष्ट्रिय दलित गोलमेच सम्मेलन गरिने

अ+ अ-

काठमाडौँ । दलित समुदायमाथि उत्पीडन बढ्दै गएकोले त्यसलाई रोक्न तथा मुक्तिका लागि भन्दै राष्ट्रिय दलित गोलमेच सम्मेलन हुने भएको छ । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजन गरी अगामी जेठ ३०, ३१ र असार १ गतेसम्म काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा सम्मेलन गरिने राष्ट्रिय दलित गोलमेच सम्मेलन आयोजकले जनाएको छ ।

आयोजक राष्ट्रिय दलित गोलमेच सम्मेलनका संयोजक डा.निर्मल विश्वकर्माले विश्व परिवेशमा गोलमेच सम्मेलनको अभ्यास भइसकेको सफल विधि भए पनि नेपालको लागि पहिलो हुने बताए । आफूहरूले गर्ने गोलमेच सम्मेलन कुनै राजनीतिक पार्टी या संस्थाबाट प्रेरित वा परिचालित नभई नेपाल र दलित समुदायका लागि मौलिक साध्य हुने विश्वकर्माले ठोकुवा गरे ।

सदियौं देखिको दलित समुदायमाथिको उत्पीडन र त्यसबाट मुक्तिको प्रयास वा संघर्ष अभियानको समीक्षा गर्दै संयोजक विश्वकर्माले राज्यसत्तामा पूर्ण समानुपातिक प्रतिनिधित्व, राज्यका स्रोतहरूमा हिस्सेदारी र धर्म सुधारलगायतका मुख्य ३ वटा एजेण्डमा बहस हुने जानकारी दिए ।

सामाजिक अभियान्ता तथा लेखक होमराज आचार्यले २१ औँ शताब्दीमा पनि दलित समुदायमाथि छुवाछुत र अपमानको डण्डा बर्सिनु दुर्भाग्य भएको बताए । देशमा भएको लामो संघर्ष र परिवर्तनपछि दलित तथा उत्पीडित वर्गले न्यायसहित समानतापूर्वक बाँच्न पाउने अधिकार उपभोग गर्न नपाएको बताउँदै भने, “परिवर्तन त भयो त्यही परिवर्तनसँगै दलितमाथि नयाँ किसिमले उत्पीडन लादिन थालेको छ ।”

गोलमेच सम्मेलनका सचिवालय सदस्य तथा प्रवक्ता राजेश मयाल विक (अग्नी शिखा)ले देशका ७ प्रदेश र ७७ वटै जिल्लाहरूबाट सम्मेलनको लागि काठमाडौँ आउने क्रम जारी रहेको जानकारी दिँदै, सम्मेलन दलित मुक्तिको लागि कोषे ढुंगा सवित हुने विश्वास लिए ।

राष्ट्रिय दलित गोलमेच सम्मेलन मूल आयोजक समिति सचिवालय सदस्य राजेश नेपालीले ७ दशक लामो दलित आन्दोलन र संविधान सभाबाट निर्मित २०७२ को संविधान कार्यान्वयनको १० वर्षीय समीक्षा गर्दै विचारीकी र नवीन आन्दोलनको आवश्यकता रहेको बताए ।

गोलमेच सम्मेलनका सचिवालय सदस्य तारासिंह विकले ६० लाख दलितलाई गोलमेच सम्मेलनले एक ठाउँमा ल्याउने आधार खडा गर्ने विश्वास लिए ।

 सचिवालय सदस्य तथा अधिवक्ता निर्मला परियारले दलित उत्पीडनविरुद्ध विभिन्न संघसंस्था तथा व्यक्तिहरूले अभियान चलाए पनि खासै फरक नपरेकोले गोलमेचबाट नयाँ निकास निस्किने बताइन् ।

मूल आयोजक समिति सदस्य मनोज रामले आजको समयमा पनि तराई क्षेत्रमा व्यापकरुपले दलित समुदायमाथि अन्याय भइरहेको र हालचालै दलितको घरलाई डोजर चलाएर विस्थापित गरिएको बताए ।