२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी सांसद शक्ति बस्नेतले प्रस्ताव गरेको दुई बुँदे ड्राफ्ट रास्वपाद्वारा अस्वीकार

अ+ अ-

काठमाडौँ । भिजिट भिसा प्रकरणमा संसद्को गतिरोध अन्त्यका लागि नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले आइतबार दुई बुँदे समझदारीको प्रस्ताव पेस गरेका छन्।

आइतबार सत्तापक्ष र विपक्ष बीच गतिरोध अन्त्यका लागि दिनभरि जसो छलफल चल्यो। तर अन्त्यमा निष्कर्षविहीन टुंगिएको हो।

छलफलमा काँग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, माओवादी केन्द्रबाट शक्ति बस्नेत र एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे सहभागी थिए।

उनीहरू बानेश्वरको शंकर हलमा बैठक बसेका थिए।

सत्तारुढ दल नेकपा एमाले र विपक्षीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहभागी थिएन।

एमाले छानबिन समिति बनाउन तयार छैन भने रास्वपा गृहमन्त्री लेखकको राजीनामा र छानबिन समितिबाट पछि हटेको छैन।

यसबीच बैठकमा सहभागी नेताहरूले मध्यमार्गी उपाय खोज्न सुरु गरेका थिए। माओवादी सांसद बस्नेतले बैठकमा समझदारीका लागि दुई बुँदे ड्राफ्ट तयार पारे।

जसको पहिलो बुँदामा भिजिट भिसा प्रकरणमा अख्तियारले गरिरहेको छानबिनमा सहयोग गर्ने भन्ने उल्लेख छ।

दोस्रो बुँदामा भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित नीतिगत विषयमा अध्ययन गर्न संरचना र व्यवस्था गर्न सरकारले ठोस पहल गर्ने उल्लेख छ।

यसरी तयार पारिएको ड्राफ्टबारे माओवादीले रास्वपा र काँग्रेसले एमालेलाई ब्रिफिङ गरेको छ । तर रास्वपाले भने त्यसमा सहमति जनाएन।

बस्नेतले तयार गरेको ड्राफ्टमा छानबिन र समिति भन्ने शब्द नपरेपछि रास्वपाका नेताहरूले बैठक सुरु गर्न सहमति जनाएनन्। यस विषयमा रास्वपाले थप समय माग गरेपछि बैठक अवरोध रोकिएन।

आइतबार साँझसम्म पनि सहमति नजुटे पनि संसद् बैठक साढे ६ बजे सुरु भएको थियो। प्रतिनिधि सभा बैठक सञ्चालन भएलगत्तै प्रतिपक्षी दलहरूले विरोध जनाए।

जसपछि सभामुख देवराज घिमिरेले सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरेका छन्।