२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोस्रो राष्ट्रिय आर्थिक गणनाको तयारी सुरु

अ+ अ-

काठमाडौँ । राष्ट्रिय तथ्यांक कार्यालयले दोस्रो राष्ट्रिय आर्थिक गणनाको तयारी अगाडि बढाएको छ । 

आगामी चैतदेखि दोस्रो आर्थिक गणनाको काम सुरु हुने तथ्यांक समन्वय कार्यालय, कास्कीका तथ्यांक समन्वय अधिकारी नन्दलाल सापकोटाले जानकारी दिए । उनका अनुसार पहिलो आर्थिक गणना विसं २०७५ मा भएको थियो । 

पाँच वर्षको अन्तरालमा हुनुपर्ने आर्थिक गणना कोभिड–१९ महामारीलगायत कारणले सात वर्षमा हुन लागेको हो । 

आर्थिक गणनाका विषयमा आज पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रममा तथ्यांक समन्वय अधिकारी सापकोटाले चैत महिनाभित्र जिल्लास्तरमा गणना कार्यालय स्थापना हुने र विसं २०८३ वैशाख र जेठमा गणना कार्य हुने बताए । 

“सरोकार भएका पक्षहरूसँग छलफल र आर्थिक गणनाका विषयमा जनस्तरमा सचेतना अभिवृद्धि गर्ने काम सुरु भएको छ”, उनले भने, “गणनाका लागि निर्देशिका, कार्यविधि, प्रश्नावली तयारीदेखि अन्य प्राविधिक तथा प्रशासनिक काम भइरहेका छन् ।”

देशको सम्पूर्ण आर्थिक गतिविधिका विवरण संकलन गर्ने र आर्थिक क्रियाकलापसम्बन्धी तथ्यांक अद्यावधिकका लागि आर्थिक गणना महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो । तथ्यांक समन्वय अधिकारी सापकोटाले नेपालका सन्दर्भमा आर्थिक गणना नयाँ भए पनि यसले सरकारलाई तथ्यमा आधारित नीति तथा निर्णय प्रक्रिया अवलम्बन गर्न मद्दत पुर्‍याउने बताए । 

उनले तथ्यांक ऐनले गोपनीयताको हकको रक्षा गरेकाले आर्थिक गणनाका क्रममा यथार्थ विवरण दिन सबैमा आग्रह गरे । 

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पर्यटन क्षेत्रका गतिविधिलाई पनि आर्थिक गणनामा समेट्न आग्रह गरे । उनले दर्ता नभएका व्यापार/व्यवसायलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए । आचार्यले आर्थिक गणनाले मुलुकको समग्र आर्थिक क्षेत्रको अवस्था दर्साउने हुनाले गणनामा कोही पनि छुट्न नहुने धारणा राखे । 

आर्थिक गणनामा विभिन्न २१ क्षेत्रका आर्थिक क्रियाकलाप समेटिने कार्यालयले जनाएको छ । विसं २०७५ को गणनामा देशभर नौ लाख २३ हजार ३५६ वस्तु तथा सेवाको उत्पादन र बिक्री गर्ने प्रतिष्ठानहरू गणना भएका थिए । गण्डकी प्रदेशमा एक लाख ६८४ र कास्कीमा ३० हजार ७४५ व्यावसायिक प्रतिष्ठानहरू गणनामा समेटिएका थिए ।