२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवाले भने-‘ट्रम्प पेरिस सम्झौताको विरुद्धमा छन्’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पेरिस सम्झौताको विरुद्धमा रहेको बताएका छन् । 

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

ट्रम्पले जलवायु परिवर्तनको असरलाई नमान्ने गरेको र बेकारको कुरा भनिरहेको भन्दै देउवाले त्यसप्रति आपत्ति जनाए ।

‘अमेरिकाको राष्ट्रपतिले त मान्दै मान्दैनन्, यो क्लाइमेट चेन्जको विषय । पेरिस सम्झौताको खिलाप (विरुद्ध) मा हुनुहुन्छ अहिले पनि ट्रम्प जी,’ देउवाले भने ।

अहिलेको अवस्थामा नेपालले नै जलवायु परिवर्तनको मुद्दामा सबैभन्दा बढी आवाज उठाउनुपर्ने देउवाको भनाइ थियो ।

‘अहिले ग्लोबल वार्मिङले गर्दा ग्लेसियरहरू पग्लँदैछ । भोलिका दिनमा यसले ठूलो असर गर्न सक्छ । नेपाल सबैभन्दा बढ्ता भिक्टिम हुने सम्भावना छ । नेपालमा समस्या भइसक्यो,’ पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले भने, ‘नेपालमा हामीले हिमाल बचाउन सकेका छैनौँ । अहिलेको बेलामा हामीले चाहेर मात्रै ग्लोबल वार्मिङबारे आवाज उठाउनुपर्छ ।’

फरक प्रसंगमा उनले अहिले गाउँ रित्तिसकेको र गाउँमा बस्न कोही तयार नरहेको बताए । सबै तराईमा आइसकेको उल्लेख गर्दै पहाडमा बस्न कोही तयार नरहेको बताउँदै उनले पहाडमा सुविधा दिन सकेको खण्डमा सबैले मन पराउने जिकिर गरेका छन् ।