२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पार्टीमा वैचारिक सांस्कृतिक संकट देखीयो’-नारायणकाजी श्रेष्ठ

अ+ अ-

काठमाडौँ। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीमा सबैभन्दा ठूलो समस्या वैचारिक सांस्कृतिक स्तरहीनता भएको बताएका छन् ।

पार्टीको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारीहरूसँग कुरा गर्दै उनले पार्टीमा वैचारिक सांस्कृतिक संकट देखिएको बताए ।

उनले भने, ‘हामीले वैचारिक सांस्कृतिक रूपान्तरणको लागि ठूलो अभियान चलाउनुपर्छ र पार्टीलाई फेर्नुपर्छ । त्यो फेर्ने अभियानमा युवाहरू लाग्नुपर्छ । तपाईँहरू तयार हुनुहुन्छ भने यो सफल हुन्छ, नत्र हुँदैन । हाम्रो पार्टीबाहेक अरूले यो देशमा यथास्थितिवाद भत्काएर सामाजिक आर्थिक रूपान्तरण गरेर समृद्धिको कार्यभार पूरा गरेर समाजवादको आधार तयार पार्न सक्दैन । त्यो एजेन्डा अरूले बोकेको पनि छैन । यो हाम्रो जिम्मेवारी हो ।’

उनले आजको जस्तो संगठनले यथास्थितिवादलाई फेरेर जान नसक्ने भन्दै यथास्थितिवादको अन्त्य गरेर जानुपर्ने बताए ।

नेता श्रेष्ठले जनताले पनि अवसर दिएको, तर व्यवस्थामाथि प्रश्न नउठाएको दाबी गरे ।

उनले भने, ‘पार्टीभित्र कुनै निर्णय गर्दा कुनै मतभेद छैन । सबैले गरेका छौँ । पास गर्ने बेला एउटा गर्ने अनि लागू चाहिँ पहिला जे जे छ, त्यही त्यही गर्ने प्रवृत्ति छ । अब हामीले जे पारित गरेको हो, त्यो लागू गर्ने र पार्टीलाई बलियो र एकताबद्ध बनाएर जानुपर्छ ।’