काठमाडौँ । औरही गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण गर्दा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका सांसद दीपेन्द्र कुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले उनी लगायत १७ जनामाथि ठेक्कापट्टामा भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलाएको हो । धनुषा क्षेत्र नं. ३(ख)बाट निर्वाचित ठाकुर एमालेका सांसद हुन् ।
अख्तियारले उनीहरू सबैमाथि ६ करोड ७९ लाख रुपैयाँ बिगो माग दाबी गरेको छ ।







