२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीले देउवालाई भने-‘भिजिट भिसा प्रकरणमा हामी प्रष्ट छौँ, राजीनामा र छानबिन समिति दुवै मान्दैनौँ’ 

अ+ अ-

काठमाडौँ । भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले सेफ ल्यान्डिङ खोजिरहेका बेला सत्तारुढ दलहरू छलफलमा जुटेका छन् । सोमबार बिहान नेकपा एमाले र नेपाली काँग्रेसका नेताहरूबीच भेट भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेट झण्डै साढे दुई घण्टा चलेको थियो ।

उक्त भेटमा प्रधानमन्त्री केपी शर्मा ओली, उनका राजनीतिक सल्लाहकार विष्णु रिमाल र मुख्य सचेतक महेश बर्तौला थिए ।

काँग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र गृहमन्त्री रमेश लेखक थिए ।

छलफलमा सहभागी एक नेताका अनुसार, एमालेले आफ्नो पोजिसन प्रष्ट गरेको छ । ‘हामी यो (भिजिट भिसा) प्रकरणमा प्रष्ट छौँ । राजीनामा र छानबिन समिति दुवै मान्दैनौँ,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै ती नेताले भने ।

तर, काँग्रेसले गर्ने निर्णय मान्न तयार रहेको सन्देश काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री ओलीको छ । ‘काँग्रेसले निर्णय गरोस्, एमालेले मान्छ,’ प्रधानमन्त्रीले भनेका छन्, ‘हामी यो प्रकरणमा अगाडि लाग्दैनौँ, काँग्रेसले गर्ने निर्णयको पछि लाग्छौैं ।’

एमाले नेताहरू अगाडि बढेर आफूहरू गृहमन्त्रीको राजीनामा र छानबिन समिति दुवैमा अगाडि बढ्न तयार नरहेकोमा प्रष्ट रहेको बताउँछन् । तर, काँग्रेसले निर्णय नै गरेर अगाडि जाँदा त्यसमा आपत्ति नजनाउने उनीहरूको सन्देश छ ।

तर, छानबिन समितिमा सहमति गरे त्यसले उत्पन्न गराउने राजनीतिक परिस्थितिलाई ख्याल गर्न काँग्रेसलाई एमालेको आग्रह छ ।

छलफलमा एमालेका एक नेताले भनेका थिए, ‘गृहमन्त्रीज्यू छानबिन समितिका लागि तयार हुनुहुन्छ भने त्यस अगाडि नै राजीनामा उपयुक्त हुन्छ । पदमा बस्ने आफू मातहतको निकाय र कर्मचारीले गरेको बदमासीमाथि छानबिन गर्ने कुरा मिल्दैन ।’

गृहमन्त्री लेखकले जवाफ फर्काए, ‘यसमा म प्रष्ट छु । छानबिन समिति गठन हुने अवस्थामा म पदमा रहिरहने कुरा उचित हुँदैन ।’

एमालेसँगको छलफलपछि काँग्रेस नेताहरू छानबिन समिति नभनेर आवश्यक निकाय वा संयन्त्र गठन गर्ने भन्ने शब्द राखेर जानुपर्ने पक्षमा उभिएका छन् ।

यही भाव सोमबार काँग्रेसका नेताहरूले माओवादी केन्द्रका नेताहरूसँगको संवादमा राखेका छन् ।

काँग्रेसका नेताहरूसँग माओवादी अध्यक्ष प्रचण्ड स्वयं संवादमा छन् । यसका अलावा उपमहासचिवद्वय वर्षमान पुन र शक्तिबहादुर बस्नेत संवादमा छन् । मुख्य सचेतक हितराज पाण्डे पनि संवादमै रहेका छन् ।

भिजिट भिसा प्रकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजागर गरिदिएको विषय हो । यो विषय आए लगत्तै संसद्मा प्रवेश गरेको थियो । संसद्मा प्रवेश भए लगत्तै यही जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश गर्न सकिरहेको छैन ।

विपक्षी दलहरूले सुरुमा गृहमन्त्री रमेश लेखकको राजीनामा नै मागेका थिए । पछिल्लो समय छानबिन समिति गठन गर्ने सुनिश्चितता भए संसद्को अवरोध खोल्न तयार भएका छन् । माओवादी केन्द्र यसबाट समेत पछाडि हटेर निकाय वा संयन्त्र बनाउने सरकारको प्रतिबद्धता आए संसद्को अवरोध खोलेर जान तयार भएको छ ।

तर, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० तयार भएको छैन ।

काँग्रेस, एमाले र माओवादीलाई रास्वपाको होमवर्क

माओवादी केन्द्रका उपमहासचिव बस्नेतका अनुसार दलहरूबीचको सोमबारको छलफल निष्कर्षमा नपुगेपछि मंगलबार प्रतिनिधि सभाको बैठक नराखेर बुधबारका लागि राखिएको हो ।