२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१३ पुग्यो सन् २०२६ को फिफा विश्वकपमा छनोट हुने टोलीको संख्या

अ+ अ-

काठमाडौँ । सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले संसारभर छनोटका खेल भइरहेका छन्।

२०२६ को विश्वकपमा पहिलो पटक ४८ वटा टोलीले भाग लिँदैछन्। आयोजक तीन टोली अमेरिका, क्यानडा र मेक्सिकोले स्वतः स्थान बनाइसकेका छन्।

१० टोलीले छनोटमार्फत विश्वकपमा स्थान पक्का गरेको अवस्था छ। आयोजक र छनोट भएका गरी अहिलेसम्म १३ टोलीले विश्वकप स्थान पक्का गरेका छन्।

एसियाबाट जापान र इरानले विश्वकप खेल्ने पक्का गरेका थिए। दुवै टोलीले तेस्रो चरणको छनोटमार्फत विश्वकपमा स्थान पक्का गरेका हुन्। अघिल्लो साता जोर्डन, उज्वेकिस्तान र दक्षिण कोरियाले विश्वकपको टिकट पक्का गरेका थिए। मंगलबार अस्ट्रेलियाले पनि एसियाबाट विश्वकपमा स्थान बनायो। एसियाबाट अहिलेसम्म ६ टोलीले विश्वकपमा स्थान बनाइसकेका छन्। जोर्डन र उज्वेकिस्तानले पहिलो पटक विश्वकपमा स्थान बनाएका हुन्।

यता ओसियाना क्षेत्रबाट न्युजिल्यान्डले पनि विश्वकप खेल्ने पक्का भएको छ।

दक्षिण अमेरिका छनोटबाट अर्जेन्टिना फिफा विश्वकप २०२६ मा पुग्ने पहिलो देश बनेको थियो। मंगलबार ब्राजिल र इक्वेइडरले पनि विश्वकपमा स्थान बनाए। ब्राजिलले दुई खेलअघि स्थान पक्का गर्ने क्रममा पाराग्वेलाई १-० ले पराजित गर्‍यो। इक्वेइडरले पेरुसँग बराबरी खेल्यो।

४८ टोलीबीच प्रतिस्पर्धा हुने विश्वकपमा एसियाबाट ८ टिम छनोट हुने प्रावधान छ। एसियाबाट अब २ टोली सिधा छनोट हुन बाँकी छ। अफ्रिकाबाट ९ टिम, उत्तर अमेरिकाबाट ६ टिम, दक्षिण अमेरिकाबाट ६ टिम, ओसियानाबाट १ टिम र युरोपबाट १६ टिम गरी कुल ४६ टिम छनोट हुनेछन्।

यस्तै युरोपबाहेक अरु क्षेत्रका लागि प्लेअफ कोटा पनि हुनेछ। दुई टिम अन्तरमहादेशीय प्लेअफबाट छनोट हुने प्रावधान छ।

४८ टिमलाई अब चार(चार टिम सम्मिलित १२ समूहमा प्रतिस्पर्धा गराइने छ।

१२ समूहका शीर्ष दुई टिम र तेस्रो स्थानमा रहने उत्कृष्ट ८ टिम गरी कुल ३२ टिम दोस्रो चरणमा पुग्ने फिफाले जनाएको छ। फिफा विश्वकप २०२६ मा तीन देशका १६ सहरमा खेल हुनेछन्।