२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनेरास्ववियुको जारी महाधिवेशनमा पाँच सय बढीले गराए उम्मेदवारी दर्ता

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) निकट अनेरास्ववियुको २४ औँ महाधिवेशनमा मतदान प्रक्रिया अझै सुरु हुन सकेको छैन।

मंगलबार राति २ बजेसम्म उम्मेदवारी दर्ता भएको थियो।

बुधबार बिहान दाबी विरोधको प्रक्रिया टुंग्याएर १० बजेदेखि मतदान सुरु गर्ने भनिए पनि रुजुको काम भइरहेको निर्वाचन समितिका रश्मी आचार्यले जानकारी दिए।

उनका अनुसार अहिले उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी भइरहेको छ।

एमाले संगठन विभाग सचिव माधव ढुंगेलका अनुसार अनेरास्ववियुको जारी महाधिवेशनमा १ हजार ५३४ जना प्रतिनिधि छन्।

९ पदाधिकारी, ४९ सचिवालय सदस्य र १५१ सदस्यीय केन्द्रीय कमिटीका लागि ५ सय २१ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

१ अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ। २ उपाध्यक्षका लागि ९ जनाको उम्मेदवारी परेको छ। १ महासचिवका लागि ३ जना, १ उपमहासचिवका लागि ३ जना र ४ सचिवका लागि ३६ जनाको उम्मेदवारी परेको छ।

अनेरास्ववियुमा अझै पनि सहमतिमै नेतृत्व चयन प्रक्रिया टुंग्याउने तयारी भइराखेको छ। तर अध्यक्षका प्रत्याशी प्रकाश पौडेल र डा। सुजन कडरियाले छुट्टाछुट्टै समूह बनाएर मत मागिरहेका छन्।

प्रकाश पौडेलको समूहबाट महिला उपाध्यक्षमा अघि आरती भट्टराई र खुला उपाध्यक्ष उम्मेदवारको टुङ्गो लाग्न बाँकी छ। पौडेल समूहले राजकुमार ढकाललाई उपाध्यक्ष बनाउने तयारी गरेको छ।

महासचिवमा आरके रोमशको टुङ्गो लागेको छ। महासचिव र सचिवहरू तय हुन बाँकी रहेको महासचिवका उम्मेदवार रोमशले बताए।

डा. सुजन कडरिया समूहले भने उपाध्यक्षमा अञ्जना सिवाकोटीलाई महिला उपाध्यक्षमा अघि सारेको छ। विकास श्रेष्ठ र राजकुमार ढकालमध्ये एकलाई उपाध्यक्ष बनाउने तयारी गरेको छ। उक्त समूहबाट महासचिव दीपक धामी उम्मेदवार बनेका छन्।

उपमहासचिव प्रेमिका शाहीलाई बनाउने तयारी भइरहेको महासचिवका उम्मेदवार धामीले बताए।

खुला उपाध्यक्षतर्फ ढकाल र श्रेष्ठ अतिरिक्त भरत धामी, धर्मेन्द्र केसी लगायतको उम्मेदवारी परेको छ। महिला उपाध्यक्षातर्फ भट्टराई, शिवाकोटीका अतिरिक्त भवानी बजगाईँ, सुजिता धितालको उम्मेदवारी परेको छ।

महासचिवमा धामी, आरके रोमशका अतिरिक्त सुनील कँडेलको उम्मेदवारी दर्ता भएको छ।

अनेरास्ववियुमा सर्वसम्मत नेतृत्व चयनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल, विद्यार्थी इन्चार्ज किशोरविक्रम मल्ल लगायत नेताहरूले कोसिस गरेका थिए।

मंगलबार बन्द सत्रको हलमा सहमतिका लागि नाम प्रस्तावसमेत गरिएको थियो।

अध्यक्ष मण्डलका तर्फबाट डा. सुजन कडरियाको नेतृत्वमा प्रकाश पौडेल र अञ्जना सिवाकोटीलाई उपाध्यक्ष र दीपक धामीलाई महासचिवको प्रस्ताव गरिएको थियो।

पौडेल समूहले नाराबाजी गरेर निर्वाचनका माग गरेपछि अध्यक्ष मण्डल चुनावबाटै नेतृत्व चयन गर्न राजी भएको हो। अनेरास्ववियुको महाधिवेशन काठमाडौँको कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा जेठको २५ गतेदेखि जारी छ।