सम्हालेर राखेको त्यो झोली भित्र के छ के छ
कस्सेर बाँधेको त्यो चोली भित्र के छ के छ ।
छेउमै छ प्यासी किनार पछ्याउँछ निरन्तर
सललल बगेको त्यो खोली भित्र के छ के छ ।
चम्केको त्यो घाम सुत्छ प्रभाती शीत हेर्छु भनी
कहिल्यै भेट्न नसकेको भोली भित्र के छ के छ ।
आँखा कहाँ सुत्न सक्छन् कल्पना मै तिमी हुँदा
कोइलीलाई नि लठ्याउने बोली भित्र के छ के छ ।
जुन पनि एक टकले हेरिरा छ जाग्राम बसी
उनलाई अघि लगाएको डोली भित्र के छ के छ ।







