काठमाडौँ । त्रिदेशीय टी-२० क्रिकेट शृंखला स्कटल्यान्डमा आजदेखि सुरु हुने भएको छ । शृंखलाको पहिलो खेलमा आज घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्डस् खेल्दै छन्। यो खेल ग्लास्गोमा नेपाली समयअनुसार पौने ७ बजे सुरु हुनेछ।
नेपालले आफ्नो पहिलो खेल सोमवार नेदरल्यान्ड्ससँग खेल्नेछ। नेपालले घरेलु टोलीसँगै नेदरल्यान्ड्ससँग टी–२० शृंखला खेल्नेछ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रुपेश सिंह र किरण ठगुन्नाले पहिलो पटक मौका पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शृङ्खलाका लागि १५ सदस्यीय अन्तिम टोलीको घोषणा गर्दा रुपेश र किरण समेटिएका हुन् ।







