२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेनिकट वकिल चुनावी प्रतिस्पर्धा: उपाध्यक्षसहित अधिकांश सदस्य निर्विरोध चयन

अ+ अ-

काठमाडौँ। नेकपा एमालेनिकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन पीपीएलएको नयाँ नेतृत्वको लागि निर्वाचन हुने भएको छ ।

अध्यक्षमा यसअघिका महासचिव वरिष्ठ अधिवक्ता अमर थापाको विकल्पमा पार्टी नेतृत्वले ओमप्रसाद थपलियालाई अघि सारेपछि सर्वसम्मतको प्रयास सफल भएन ।

यसअघि सर्वसम्मत अध्यक्ष बन्न नेतृत्वले वरिष्ठ अधिवक्ता विजयकान्त मैनाली, ईश्वरी भट्टराई र डिल्ली मैनालीलाई आग्रह गरेकोमा उनीहरूले चाहना नराखेपछि विकल्पमा थपलियालाई अघि सारिएको थियो ।

उम्मेदवारहरूको प्रारम्भिक सूचीमा अध्यक्ष पदमा थपलिया र थापाबीच प्रतिस्पर्धा हुने भएको छ । उपाध्यक्षमा वरिष्ठ अधिवक्ता भीमसेन बन्जाराको एकल उम्मेदवारी परेको छ भने महिला उपाध्यक्षमा हिमादेवी बस्नेत र यशोदा खरेलबीच प्रतिस्पर्धा हुने भएको छ ।

त्यस्तै महासचिवमा देवीप्रसाद भट्टराई, चूडामणि पौडेल, शिव अर्याल, शान्तिराम खतिवडा र भुवनप्रसाद निरौलाको उम्मेदवारी परेको छ । उपमहासचिवमा बाबुराम राई, सहकुल खत्री र बालकृष्ण आचार्यको परेको छ ।

सबैभन्दा धेरै उम्मेदवार सचिवमा छन् । सचिवका लागि सुदर्शन थपलिया, सरोजकुमार गिरी, प्रेमप्रसाद धिताल, मुकुन्दप्रसाद अधिकारी, रामजनक कटुवाल, अनन्तराज लुइँटेल, युवककुमार गौतम, हरिप्रसाद मैनाली र बलराम बुढाथोकीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै महिला सचिवमा राधिका खतिवडाको एकल उम्मेदवारी परेर निर्विरोध भएकोमा अनुशासन आयोगमा उम्मेदवारी दिएकी अनिता गुरुङको नाम सचिवमा राखेर निर्वाचन समितिले गडबड गरेको देखिएपछि विवाद भएको छ । कोषाध्यक्षमा कुमारप्रसाद घिमिरे र प्रविण कुमार प्रधानको उम्मेदवारी परेको छ ।

प्रदेशगत रूपमा निर्वाचित हुने केन्द्रीय सदस्यहरू अधिकांशबाट निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ । दलिततर्फ कुन्जनी परियार प्यासी निर्विरोध भएकी छन् ।

त्यस्तै कोशीबाट सुमित्रा कोइराला, हरिबहादुर बराल र खगेन्द्र बास्कोटा निर्विरोध भएका छन् । मधेशबाट दिपक कुमार केसी, रविकेशर ठाकुर र पार्वती राउत निर्विरोध भएका छन् । लुम्बिनीबाट हिरा कुँवर, ठाकुरप्रसाद वली र पदम पाण्डे निर्विरोध भएका छन् ।