२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रविलाई सभापतिमा राखिराख्न कुन नैतिकताले दियो ? भन्दै रास्वपामाथि काँग्रेसले उठायो प्रश्न

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले आफूहरूलाई नैतिकताको कुरा नसिकाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेको छ ।

आइतबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले यस्तो प्रश्न गरेका हुन् ।

अध्यागमन र भिजिट भिसाको सम्बन्धमा देखिएको समस्याबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना सहसचिवसँग बयान लिएकै आधारमा गृहमन्त्रीको राजीनामा माग्नु गलत रहेको उनको भनाइ थियो । रास्वपाले गृह मन्त्रालयका अधिकारीहरू छानबिनमा तानिएकाले गृहमन्त्रीले छानबिनमा सघाउन समेत राजीनामा दिनुपर्ने तर्क गर्दै आएका छन् ।

गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने मागमा जवाफ दिँदै काँग्रेसका प्रमुख सचेतक घिमिरेले रवि लामिछाने कुन नैतिकताले पार्टी सभापतिमा रहिरहेको भनेर प्रश्न गरेका हुन् ।

‘पाँच–पाँच वटा अदालतमा सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरणको मुद्दा खेपिरहेका र सर्वोच्च अदालतले समेत थुनामा राखी पुर्पक्ष गर्न आदेश दिएको व्यक्तिलाई आफ्नो पार्टीको सभापति पदमा विराजमान राख्न कुन नैतिकताले दियो ?,’ रवि लामिछाने सभापतिमा रहिरहने र रास्वपाले अरूलाई नैतिकताको पाठ सिकाउन नमिल्ने उनको आग्रह छ ।

प्रतिनिधि सभा सदस्यबाट लामिछाने निलम्बनमा रहेका छन् । प्रतिनिधि सभा सदस्य पदबाट निलम्बनमा रहेका व्यक्ति रास्वपा संसदीय दलको नेता कसरी रहिरहन सक्यो भन्ने पनि उनको प्रश्न छ ।