२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनौपचारिक क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक वैज्ञानिक तवरले पुनरावलोकन गर्ने तयारी

अ+ अ-

काठमाडौँ । औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न गठित समितिले श्रमिकको पारिश्रमिक वैज्ञानिक तरिकाले पुनरावलोकन गर्ने गरी तयारी थालेको छ । श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयका सहसचिव प्रदीप कोइरालाको संयोजकत्वमा गठित सो समितिले यस पटक श्रमिक र रोजगारदाता दुवैको जित हुने गरी वैज्ञानिक तरिकाले पारिश्रमिक वृद्धि गर्ने तयारी थालेको जनाएको छ ।

आगामी साउन १ देखि लागु हुने औपचारिक क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक विगतको भन्दा फरक र वैज्ञानिक तरिकाले पुनरावलोकन गर्ने गरी प्रक्रिया अगाडि बढेको समितिले जानकारी दिएको छ ।

समितिका अनुसार विगतमा बजार मूल्यलाई आधार मानेर श्रमिकको पारिश्रमिक वृद्धि गरिँदै आएकामा यस पटक बजार मूल्यसहित श्रमिकको माग, उत्पादन र उत्पादकत्वसमेतलाई विश्लेषण गरेर पारिश्रमिक पुनरावलोकन गरिने छ ।

यस पटक समितिले अपनाएको विधिबाट पारिश्रमिक वृद्धि गर्दा श्रमिक र रोजगारदाता दुवैले फाइदा लिन सक्ने भएकाले दुवै पक्ष सकारात्मक देखिएको छ ।

यस पटक पुनरावलोकन हुने पारिश्रमिकले श्रमिक र रोजगारदाता दुवैलाई लाभ हुने विश्वास गरिएको छ ।

हाल श्रमिकको न्यूनतम पारिश्रमिक १० हजार ८२० रुपियाँ र महँगी भत्ता छ हजार ४८० सहित १७ हजार तीन सय रुपियाँ रहेको छ । चिया बगानमा काम गर्ने श्रमिकको पारिश्रमिक आठ हजार ९३४ रुपियाँ र महँगी भत्ता चार हजार ९५९ रुपियाँसहित १३ हजार ८९३ रुपियाँ रहेको छ ।

विद्यमान पारिश्रमिक २०८० साउन १ देखि कार्यान्वयनमा छ । श्रम ऐन अनुसार औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको पारिश्रमिक हरेक दुई-दुई वर्षमा बजार भाउका आधारमा पुनरावलोकन गर्नु पर्छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को पछिल्लो श्रम अडिट प्रतिवेदन अनुसार २०८० साउन १ देखि लागु भएको न्यूनतम पारिश्रमिक नदिने उद्योग/प्रतिष्ठान २१ प्रतिशत छन् ।

श्रमिक आपूर्तिकर्ता (आउटसोर्स) कम्पनीमार्फत काम गर्ने श्रमिकलाई न्यूनतम पारिश्रमिक र ओभर टाइम जस्ता आधारभूत सुविधा नदिने कम्पनी ७२.६ प्रतिशत छन् ।