काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी जेलमुक्त भएका छन्। रायमाझी बिहीबार बिहान डिल्लीबजार कारागारबाट थुनामुक्त भएका हुन् ।
तत्कालीन एमाले सचिवसमेत रहेका रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका थिए ।
रायमाझीलाई काठमाडौं जिल्ला अदालतले ठगीमा २ वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार जरिबाना, राज्यविरुद्धको कसुरमा एक वर्ष ६ महिना कदै र १५ हजार जरिबाना र यही कसुरमा थप ६ महिना थप कैद गरिएको छ ।
यो सबै गर्दा उनले एकीकृत रूपमा ४ वर्ष कैद र ४० हजार जरिबाना हुने फैसला थियो । तर, ६५ वर्षीय रायमाझीले उमेर हदका कारण सजाय छुट पाएर आज थुनामुक्त भएका हुन् ।





