काठमाडौँ। प्रतिनिधि सभाको बैठक बस्ने समय परिवर्तन भएको छ। मंगलबार दिउँसो आधा घण्टा बसेर स्थगित भएको बैठक २: १५ बजे बस्न नसकेपछि समय परिवर्तन भएको हो।
कार्यसुची अनुसार बैठक अहिले ४-३० बजे बस्नेने भनिएको छ तर बैठक अझै बस्न सकेको छैन ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले अवरोध कायम राखेपछि सभामुखले संसदमा सहभागी प्रमुख पाँच दलका नेतासँग छलफल गरेका छन् ।
सभामुखको छलफलपछि बैठकको समय संघीय संसद सचिवालय परिवर्तन भएको जानकारी गराएको हो ।







