२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्कटल्यान्डविरुद्ध नेपालको घातक बलिङ, पावर प्लेमै पाँच ब्याटर आउट

अ+ अ-

काठमाडौँ । स्कटल्यान्डमा जारी त्रिदेशीय ट्वान्टी-२० शृंखलाको दोस्रो खेलमा नेपालले घरेलु टिमविरुद्ध घातक बलिङ गरेको छ । 

स्कटल्यान्डको ग्लासगोमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टिमविरुद्ध नेपालले ६ ओभरमा पाँच विकेट लिएको हो । 

पहिलो इनिङको पहिलो पावर प्ले समाप्त हुँदासम्म स्कटल्यान्डका पाँच ब्याटर पभेलियन फर्किसकेका छन् । ६ ओभर समाप्त हुँदा स्कटल्यान्डले पाँच विकेट गुमाएर ३६ रन बनाएको थियो ।

नेपालका करण केसीले दुई विकेट लिए । यस्तै, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए । नेपालले एक विकेट भने रनआउटबाट लिएको थियो । 

शृंखलामा नेपालको यो दोस्रो खेल हो । यसअघि, नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग कीर्तिमानी प्रदर्शन गरे पनि सुपर ओभरमा हार बेहोरेको थियो । उक्त खेल तीनपटकसम्म सुपर ओभरमा पुग्दा नेदरल्यान्ड्सले तेस्रो पटकमा जित निकालेको थियो ।

ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा तीन पटकसम्म सुपर ओभरमा पुगेको यो पहिलो र हालसम्मको एक मात्र खेल हो ।

यता, स्कटल्यान्डको पनि जारी शृंखलामा यो दोस्रो खेल हो । स्कटल्यान्डले यसअघि पहिलो खेलमा डच टोलीविरुद्ध ३९ रनको जित निकालेको थियो । 

आइतबारदेखि सुरु भएको शृंखलामा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सको सहभागिता छ ।