काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारका सबै सूचक घटेका छन् ।
नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २४.७६ अंक घटेको छ । सो गिरावटपछि नेप्से २६२८ अंकमा कायम भएको छ ।
कारोबार रकम बढेको छ । अघिल्लो दिन ९ अर्ब ८ करोडको कारोबार भएकोमा आज ११ अर्ब २३ करोडको भयो । जम्मा ४७ कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो ।
सबै समूहगत सूचक घटेका छन् ।







