काठमाडौँ । पहिरोले शुक्रबादेखि बन्द रहेको कालीगण्डकी करिडोर एकतर्फी रुपमा सञ्चालनमा आएको छ।
शुक्रबार बिहान सडक माथिबाट ठूलो ढुंगासहित खसेको पहिरोका कारण अवरुद्ध भएको सडक सोमबार बिहानबाट एकतर्फी रूपमा सञ्चालनमा आएको हो ।
कालीगण्डकी गाउँपालिका गुल्मीको हर्मिचौर अर्बेनी खण्डको वडा नम्बर २ को गरगरेमा पहिरो खसेका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको थियो ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले यात्रामा सतर्कता अपनाउन र केही समस्या भएमा नजिकको प्रहरी चौकी तथा प्रशासनमा खबर गर्न आग्रह गरेको छ।







