२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छानबिन समिति बनिसक्दा राजीनामा किन दिनुभएन ? भन्दै गृहमन्त्रीलाई माओवादीको प्रश्न

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले गृहमन्त्री रमेश लेखकलाई भिजिट भिसा प्रकरणमा छानबिन समिति बनिसक्दा पनि किन राजीनामा नदिएको भन्दै प्रश्न गरेका छन् ।

बजेटमाथिको छलफलका क्रममा गृहमन्त्री लेखकले बोलिसकेपछि स्पष्टीकरण माग गर्ने क्रममा उनले छानबिन समिति बनिसकेपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने चलन रहेकोमा किन राजीनामा नदिएको हो भन्दै प्रश्न गरेका हुन् ।

पूर्वमन्त्रीसमेत रहेका माओवादी सांसद मोदीले भने, ‘खासमा आफूमाथि वा मन्त्रीमाथि गम्भीर खालको आरोप लागेपछि वा छानबिन समिति बनेर अनुसन्धान भइरहेको बेला सामान्यतया राजीनामा वा मार्ग प्रशस्त गर्ने चलन छ । ता कि अनुसन्धानमा बाधाविघ्न वा प्रमाण नष्ट नहोस् भनेर । पछि अनुसन्धान सकेर बेदाग भएमा र पश्चात् पार्टीले पत्याएको खण्डमा पुनः मन्त्री बनेर जीवन बिताइराखेका छन् र जीवन सादा जीवन उच्च विचार पनि भएका छन् । तसर्थ यो किन गर्नुभएन ?’

स्पष्टीकरणको जवाफ दिने क्रममा गृहमन्त्री लेखकले कर्मचारीमाथि छानबिन भइरहेका बेला मन्त्रीले नै राजीनामा दिँदै जाने हो भने यसअघि कति मन्त्रीले राजीनामा दिए र अब कति मन्त्रीले दिने हो भन्दै प्रतिप्रश्न गरे ।

उनले भने, ‘‘माननीय सदस्यले मेरो राजीनामा किन गर्नुभएन भनेर सोध्नुभएको छ । यसका बारेमा मैले धेरै कुरा निवेदन गरिसकेको छु । कस्तो पद्धति बसाउने भन्ने कुरा हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै पनि ठाउँमा भएको अनियमितता, भ्रष्टाचारजन्य कार्य छानबिन गर्ने अख्तियारी प्राप्त गरेको छ । राष्ट्रसेवक कर्मचारीका बारेमा अथवा अन्य कसैका बारेमा पनि अनुसन्धान, छानबिन हुनसक्छ । एउटा कार्यालयमा हुने छानबिन र अनुसन्धान अनावश्यक रूपले मन्त्रीसँग जोडेर मन्त्रीले राजीनामा दिनुपर्ने भयो भने अहिलेसम्म कति मन्त्रीले दिइसक्नुपर्ने थियो र अब कति मन्त्रीले दिनुपर्ला ?’

गृहमन्त्री लेखकले माओवादी सांसद मोदीलाई पनि मन्त्री भइसकेको सम्झाउँदै राजीनामा दिनु मात्रै ठूलो कुरा नभएको भन्दै राजीनामा दिँदै जाने हो भने कहाँ पुगिन्छ भन्दै प्रश्न गरे ।

उनले भने, ‘स्वयम् माननीय पनि मन्त्री भइसक्नुभएको हुनाले त्यतातिर मैले ध्यानाकृष्ट मात्रै गर्न खोजेँ । मैले यति निवेदन गर्छु । त्यसकारण कस्तो व्यवस्था गर्ने भन्ने कुरा हो । राजीनामाको मात्रै विषय होइन र त्यो ठूलो कुरा पनि होइन, तर के व्यवस्था बनाउने भन्ने हो । एउटा कार्यालयमा कुनै कर्मचारीका माथि अख्तियारले छानबिन गर्न थाल्यो भने मन्त्रीले राजीनामा दिँदै जाने हो भने हिजो कहाँ पुगिन्थ्यो होला, अब कहाँ पुगिन्छ होला ? यतिमात्रै मैले ध्यानाकर्षण गराएँ ।’’