२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस सांसद राणाले भने-‘केही प्रदेशका काँग्रेस नेताले ल्याएको बजेट लज्जाजनक’ 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद उदय शमशेर राणाले बागमती र मधेस प्रदेशमा काँग्रेस अर्थमन्त्रीले ल्याएको बजेट लज्जाजनक रहेको टिप्पणी गरेका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कम्युनिष्ट अर्थमन्त्रीले व्यवहारिक बजेट ल्याएपनि बागमती र मधेस प्रदेशको बजेट अर्थतन्त्र बुझ्ने काँग्रेसी नेताहरूका लागि लज्जाजनक रहेको बताए ।

‘दुःखलाग्दो कुरा के छ भने एमालेको अर्थमन्त्रीले अलिकति व्यवहारिक बजेट ल्यायो,’  उनले भने, ‘तर हाम्रो विशेष गरेर दुई वटा प्रदेश बागमती प्रदेश र मधेस प्रदेशमा जुन किसिमले बजेट ल्याएको छ, अलिअलि अर्थतन्त्र बुझ्ने हामी काँग्रेसीहरूले त मुखै छोप्ने परिस्थिति बनेको छ ।’

राणाले संघ सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट ०६४ सालयताका कम्युनिष्ट अर्थमन्त्रीहरूले ल्याएको भन्दा व्यवहारिक भएको टिप्पणी गरे ।

उनले भने, ‘अहिले सायद ०६४ सालपछि बजेट एउटा कम्युनिष्ट अर्थमन्त्रीले ल्याएका छन्,  यो अलिकति व्यवहारिक बजेट हो कि भन्ने मलाई लागेको छ । यसले निजी क्षेत्रलाई पनि अलिकति प्रोत्साहन गरेको छ ।’

उनले  एमाले र कम्युनिष्टहरुलाई अर्थतन्त्र कसरी चलाउने भनेर सिकाएको काँग्रेस आफैँले नसिकेकोमा दुःख लागेको बताए ।

‘अलिकति  हामीले आफूले आफूलाई हेर्नुपर्छ । कम्युनिष्टहरूलाई अर्थतन्त्र कसरी चलाउने भनेर सिकायौँ, तर हामी आफैँले नसिकेकोमा दुःख लाग्दो भएको छ,’ उनले भने ।

सांसद राणाले तीन करोडको सिलिङ राखे पनि बजेट आउँदा त्यसभन्दा तलका योजनाहरू पनि राखिएकोप्रति आपत्ति जनाए ।