काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे संसद्लाई जानकारी गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा ओलीले स्पेन भ्रमणको तालिका र भेटघाट तथा अन्य कार्यक्रमबारे जानकारी गराएका हुन्।
प्रधानमन्त्री ओलीले शनिबार साँझ संयुक्त राष्ट्र संघको विकासका लागि वित्त चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन भ्रमणमा जान लागेको बताएका छन्। स्पेनमा आयोजना हुने यो सम्मेलन एक दशकमा आयोजना गरिने बताएका छन्।
असार १४ गते साँझ ६ बजे कतार एयरवेजको जहाजबाट दोहा हुँदै यात्रा सुरु हुने बताएका छन्। असार १५ गते स्पेन पुग्ने बताएका छन्। भ्रमण टोलीमा २१ जना सहभागी हुने बताएका छन्। भ्रमणको दोस्रो दिन सेभिया पुग्ने र नागरिक समाजले आयोजना गरेको कार्यक्रममा सहभागी हुने बताएका छन्।
स्पेनका प्रधानमन्त्रीसँग साँझ भेट गर्ने कार्यक्रम रहेको बताएका छन्। स्पेनका नरेशद्वारा स्वागत गरिने कार्यक्रममा १५ सहभागी हुने बताएका छन्।







