२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद नेम्वाङले भने-‘आरोप-प्रत्यारोपले सांसदको मूल जिम्मेवारी छायाँमा पर्‍यो’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संसदमा रचनात्मक र परिणाममुखी बहस नहुँदा सांसदको मूल जिम्मेवारी छायाँमा परेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद नेम्वाङले संसदको अधिकांश समय आरोप–प्रत्यारोप र असंसदीय व्यवहारमा खर्चिँदा मूल उद्देश्य नै ओझेलमा परेको धारणा राखेका हुन् ।

‘स्वच्छ बहस जीवित लोकतन्त्रमा एकदमै आवश्यक चिज हो । तर दुर्भाग्यवश कहिलेकाहीँ रचनात्मक बहसको सट्टा अरू विषयमा समय खर्च गरेर बसिरहेका छौँ’ उनले भने ।

उनले थपे, ‘आरोप–प्रत्यारोप, गालीगलौज, टीकाटिप्पणी र असंसदीय व्यवहारमा अल्झिँदा हामीले हाम्रो मूल जिम्मेवारी ओझेलमा पारेको जस्तो मलाई महसुस भएको छ । त्यो साह्रै नै दु:खद् छ ।’

उनले संसदको समय शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद र विकास जस्ता क्षेत्रमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

सांसद नेम्वाङले नीति नियमहरूलाई अझै प्रभावकारी बनाएर जनतामा सकारात्मक सुधार भएको सन्देश दिनु अपरिहार्य रहेको बताए ।

‘हामीसँग छलफलका लागि थुप्रै विषय छन् । हामीले धेरैभन्दा धेरै समय त्यसमा व्यतीत गर्नुपर्छ’ उनले भने, ‘नीति नियमलाई अझै प्रभावकारी बनाएर, हाम्रो काम गर्ने शैलीलाई सुधारेर जनतालाई सकारात्मक परिवर्तन भएको अनुभूति दिनुपर्छ ।’

उनले सच्चिने कामहरूको सुरुवात संसदबाटै हुनुपर्ने भन्दै संसदमा तथ्यहीन बोल्ने सांसदलाई कारबाही गर्ने व्यवस्था गर्नुपर्ने धारणा राखे ।

उनले संसदमा उठेका प्रश्नहरूको समयमै जवाफ दिन मन्त्रीहरूको समेत ध्यानाकर्षण गराएका छन् ।