२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामुदायिक विद्युत् आयोजना प्राधिकरणमा हस्तान्तरण

अ+ अ-

काठमाडौँ । सेवा प्रवाहमा समस्या भएपछि गुल्मीका विभिन्न सामुदायिक विद्युत् आयोजनाहरू क्रमशः नेपाल विद्युत् प्राधिकरण (नेविप्र)मा हस्तान्तरण हुन थालेका छन् ।

यसै क्रममा इस्मा गाउँपालिका–६ अमरपुर र मालिका गाउँपालिका-६ अर्जै क्षेत्रमा सञ्चालित अमरपुर अर्जै ग्रामीण सामुदायिक विद्युत् नेपाल विद्युत् प्राधिकरणमा हस्तान्तरणको प्रक्रियामा प्रवेश गरेको छ ।

सामुदायिक विद्युत् समितिका अध्यक्ष हिरा जिसी, सचिव भीमकान्त भट्टराई र कोषाध्यक्ष टोपलाल अर्यालले आवश्यक कागजातसहितको फाइल नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेललाई हस्तान्तरण गरेपछि विधिवत् रूपमा हस्तान्तरण प्रक्रिया अघि बढेको हो । हस्तान्तरण कार्यक्रममा इस्मा-६ का वडाध्यक्ष ढालबहादुर कुँवर, मालिका-६ का वडाध्यक्ष दीपक भण्डारीसहित स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

दुवै वडाको सिफारिस, समितिको निर्णय, लेखा परीक्षण प्रतिवेदनलगायत आवश्यक कागजातहरू बुझाइसकेपछि अब प्राधिकरणको भेरिफिकेसनपछि अन्तिम रूपमै हस्तान्तरण प्रक्रिया सम्पन्न हुने गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरलेले बताए ।

ग्रामीण क्षेत्रका उपभोक्ताहरूले सेवा पाउन बारम्बार कठिनाइ भोग्नुपर्ने अवस्था देखिएपछि सामुदायिक विद्युत् प्रबन्धन टिकाउ हुन सकेन ।

यस प्रणालीअन्तर्गत यस क्षेत्रका १५२० ग्राहकले सेवा लिँदै आएका छन् । १० वटा ट्रान्सफर्मरसहितको संरचना र ६ जना कर्मचारी कार्यरत रहेको सामुदायिक विद्युत् प्रणालीलाई प्राधिकरणमार्फत थप व्यवस्थित र नियमित सेवा दिने लक्ष्य लिइएको हो ।

स्थानीयवासीको अनुसार प्राधिकरणमार्फत विद्युत् सेवा सञ्चालन भएमा बिलिङ, मर्मत तथा व्यवस्थापनमा पारदर्शिता आउने, सेवा गुणस्तरीय बन्ने र उपभोक्ता राहत महसुस गर्ने अपेक्षा गरिएको छ ।

अन्य सामुदायिक विद्युत् सञ्चालनमा कठिनाइ भोगिरहेका उपभोक्ताहरूलाई पनि यही बाटो अनुकरणीय हुने देखिएको छ ।