२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक सुरक्षा कोषद्वारा एकै वर्षमा करिब ३ अर्ब ब्याज वितरण

अ+ अ-

काठमाडौँ । सामाजिक सुरक्षा कोषले गत आर्थिक वर्ष २०८१-८२ को अवधिमा वृद्ध अवस्था सुरक्षा योजनामा आबद्ध योगदानकर्तालाई २ अर्ब ८४ करोड ४२ लाख रुपैयाँभन्दा बढी व्याज वितरण गरेको छ ।

कोषका अनुसार, यो रकम ५.५ प्रतिशत र ५ प्रतिशत ब्याजदरको आधारमा गणना गरिएको हो। वितरण गरिएको व्याज सामाजिक सुरक्षा कोषले उपलब्ध गराएको योगदानकर्ताको खातामा जम्मा भएको छ ।

चालु आर्थिक वर्षको चैत्र ४ गतेसम्म ५.५ प्रतिशत र चैत्र ५ देखि आर्थिक वर्षको अन्त्यसम्म ५ प्रतिशत ब्याजदरमा योगदानकर्ताको रकमले कमाएको आम्दानी सोही अनुसार वितरण गरिएको कोषले जनाएको छ । कोषका अनुसार हालसम्म सामाजिक सुरक्षा कोषमा २० हजार ९७२ रोजगारदाता तथा २३ लाख ७९ हजार ५८५ योगदानकर्ता आबद्ध छन् । योगदानकर्ताले रोजगारकर्तामार्फत नियमित रूपमा आफ्नो तलबको ३१ प्रतिशत रकम कोषमा जम्मा गर्दै आएका छन् ।

कोषमा अहिलेसम्म जम्मा ८३ अर्ब ८६ करोड रुपैयाँ संकलन भइसकेको छ । सोही अवधिमा २ लाख ३० हजार २३२ योगदानकर्ता तथा उनीहरूका हकवालाले विभिन्न योजनाबाट १५ अर्ब ७५ करोड रुपैयाँको दाबी भुक्तानी प्राप्त गरिसकेका छन् ।

सामाजिक सुरक्षा कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, योगदानकर्ता सापटी योजना सञ्चालन गरिरहेको छ । कोषले अहिलेसम्म ५ अर्ब ९५ करोड ९९ लाख रुपैयाँभन्दा बढी प्रतिफल समेत आर्जन गरिसकेको जानकारी दिएको छ ।

सामाजिक सुरक्षा कोषको यो व्याज वितरणले दीर्घकालीन सामाजिक सुरक्षातर्फ जनविश्वास बढाउने अपेक्षा गरिएको छ । कोषले आगामी दिनमा योगदानकर्ताका सुविधा अझ व्यापक र प्रभावकारी बनाउने तयारी गरिरहेको छ ।