२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुनै पनि महिना लक्ष्य अनुसार भन्सार राजस्व उठेन 

अ+ अ-

काठमाडौँ । गत आर्थिक वर्ष २०८१.८२ को कुनै पनि महिना लक्ष्य अनुसार भन्सार राजस्व संकलन हुन नसकेको देखिएको छ ।

भन्सार विभागका अनुसार गत आव विभागले ४ खर्ब ८४ अर्ब ७ करोड रुपैयाँ बराबर राजस्व उठाएको छ । यो लक्ष्यको ८३.०१ प्रतिशत हो । यस आव विभागको लक्ष्य ५ खर्ब ८२ अर्ब ६७ करोड रुपैयाँ थियो ।

विभागले अघिल्लो आवको तुलनामा वार्षिक लक्ष्य कम राखेको थियो । २०८०/८१ मा लक्ष्य नै ६ खर्ब २७ अर्ब ७५ करोड थियो । त्यस वर्ष भन्सार राजस्व ४ खर्ब २४ अर्ब २४ करोड उठेको थियो । जुन ६७.६ प्रतिशत मात्र थियो । यस वर्ष लक्ष्य घटाउँदा समेत सोही अनुसार राजस्व उठ्न नसकेको देखिन्छ । यस वर्ष राजस्व वृद्धिदर १४.१ प्रतिशत छ ।

विभागका अनुसार यस वर्ष लक्ष्य नजिक राजस्व संकलन जेठ महिनामा भएको छ । जेठमा ५४ अर्ब ९७ करोडको लक्ष्य राखिएकोमा ४९ अर्ब ६२ करोड संकलन भएको छ । जुन लक्ष्यको ९०.३ प्रतिशत हो ।

सबैभन्दा कम भने कात्तिकमा संकलन भएको छ । त्यसबेला ४६ अर्ब ३५ करोडको लक्ष्य राखिएकोमा ७३.१ प्रतिशत अर्थात् ३३ अर्ब ८८ करोड संकलन भएको देखिन्छ ।