२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हितेन्द्र देव शाक्य ५०० बोरिङ खन्ने भएपछि विद्युत आपूर्ति बुझ्न जनकपुर जाँदै

अ+ अ-

काठमाडौँ। सरकारले सुख्खाग्रस्त क्षेत्र मधेशका विभिन्न जिल्लामा तत्कालै ५०० बोरिङ खन्ने निर्णय गरेपछि विद्युतको आपूर्तिका अवस्था बुझ्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आजै जनकपुर जाने भएका छन् ।

चितवनको विद्युत आपूर्तिको अवस्था बुझ्न चितवन आएका शाक्य आज नै जनकपुर जाने र भोलि (मंगलबार) मधेशका विभिन्न जिल्लाका प्राधिकरण कार्यालय प्रमुखसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

भरतपुरमा बिहान पत्रकारसँग कुराकानी गर्दै प्राधिकरण कार्यकारी निर्देशक शाक्यले सरकारले सुख्खाग्रस्त मधेशमा बोरिङ गाड्ने घोषणा गरेपछि विद्युतको आपूर्ति कसरी गर्न सकिन्छ भने आफैँ फिल्डमा खट्न लागेको बताए । मधेश प्रदेशका सिराहा, धनुषा, महोत्तरी, सप्तरी, सर्लाही लगायतका जिल्लाका प्राधिकरणको जिल्ला नेतृत्वसँग बोरिङ खन्ने ठाउँमा विद्युत आपूर्तिका लागि प्राधिकरणले बनाउनुपर्ने रणनीतिका बारेमा छलफल हुने उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि सुक्खाग्रस्त मधेशमा तत्कालीन समस्या समाधानका लागि ५०० डीप बोरिङ जडान गर्ने घोषणा गरेका थिए ।

५०० वटा डीप बोरिङका लागि कम्तीमा पनि थप १० मेगावाट विद्युत आवश्यक पर्ने भएकोले त्यसको व्यवस्था मिलाउनु पर्ने शाक्यले बताए ।