२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनार्दन शर्माको दाबी-‘पार्टी फुट्ने हल्ला भ्रमको खेती मात्रै हो, महाधिवेशनबाट पुनर्गठन हुन्छ’

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पार्टी फुट्ने कुरा भ्रामक भएको बताएका छन्। उनले यस्ता प्रचारबाट सचेत रहन कार्यकर्तालाई आग्रह समेत गरे।

पार्टीभित्र देखिएका वैचारिक अस्पष्टता, राजनीतिक अन्योल र सांगठनिक अराजकतालाई आगामी विशेष महाधिवेशनमार्फत समाधान गरिने र पार्टीलाई पुनर्गठन गरिने उनको भनाइ थियो।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै नेता शर्माले पार्टीभित्र र बाहिरबाट लगातार फुटको प्रचार भइरहेकोप्रति आपत्ति जनाए।

‘विगत दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गरिँदै छ,’ उनले लेखेका छन्, ‘पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरू प्रति सचेत हुन आग्रह गर्दछु।’

उनले पार्टीको केन्द्रीय समितिले गत वर्ष नै ६ महिनाभित्र विशेष महाधिवेशन गर्ने निर्णय गरिसकेको स्मरण गराउँदै अब पार्टीभित्र एजेन्डामा आधारित बहस सुरु गर्नुपर्नेमा जोड दिए। ‘अब पार्टीमा एजेन्डा केन्द्रित बहस गरौँ, जसले पार्टीको पुनर्गठन, सुदृढीकरण र व्यवस्थापनमा मद्दत पुर्‍याउनेछ,’ उनले भने।

उपमहासचिव शर्माले हुलाकी र मध्य पहाडी लोकमार्ग अभियानले पार्टीमा नयाँ ऊर्जा ल्याएको तर दुई बुँदे सहमतिपछि पार्टीको साख गिरेको स्वीकार गर्दै अब गम्भीर आत्म समीक्षाको बेला आएको उल्लेख गरे।

नेता शर्माले देश, जनता र राजनीतिक पार्टीहरू गम्भीर संकटबाट गुज्रिरहेको बताउँदै यसको समाधानका लागि तीन वटा सूत्र अघि सार्नुभएको छस् संविधान संशोधन, अर्थतन्त्रको पुनर्संरचना, र पार्टीको पुनर्गठन।

उनले अर्थतन्त्रको पुनर्संरचनाले समाजवाद उन्मुख अर्थतन्त्रको जग बसाल्ने, उत्पादन र रोजगारी बढाउने र आत्मनिर्भर समाज निर्माण गर्ने बताए।

त्यस्तै, संविधान संशोधनमार्फत शासकीय स्वरूप, निर्वाचन प्रणाली र पहिचानका मुद्दालाई सम्बोधन गरेर राष्ट्रलाई एकताबद्ध गर्न सकिने उनको भनाइ छ।

‘विशेष महाधिवेशनले पार्टीभित्रको वैचारिक अस्पष्टता, राजनीतिक अन्योल, सांगठनिक अराजकता र विधिहीनतालाई अन्त्य गर्दै नयाँ पुस्ताको भावना र सपनालाई सम्बोधन गर्ने कार्ययोजना तयार पार्नेछ,’ शर्माले भने।