२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शंकर पोखरेलको दाबी : ‘युवाहरूको सुन्दर भविष्यका लागि एमालेले ०८४ मा एकल बहुमत ल्याउँछौँ’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले युवाहरूको उज्ज्वल भविष्य बनाउने सामर्थ्य राख्ने दाबी गरेका छन्।

राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अहिले सामाजिक अराजकताको र राजनीतिक अस्थिरता मच्चाउन खोज्नेहरू सक्रिय भइरहेको बताए।

उनले भने, ‘राजनीतिक अस्थिरता र सामाजिक अस्थिरतालाई हटाउन सकिएन भने विकास र समृद्धिको आकांक्षा पूरा गर्न सकिँदैन। मुलुकको समृद्धि र विकासको लागि राज्यलाई बलियो बनाउनु, राजनीतिक दलहरूलाई बलियो बनाउनको लागि ध्रुवीकरणलाई अगाडि बढाउन आवश्यक छ।’

नयाँ पुस्ताले जनमतलाई विभाजित गर्नेतिर नभई परम्परागत राजनीतिक दललाई मत दिएर केन्द्रीकृत गर्ने बाटोतर्फ समाजलाई दोहोर्‍याउनुपर्ने बताए।

उनले थपे, ‘‘एमालेले युवाहरूको सुन्दर भविष्यका लागि बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने उद्देश्यका साथ अगाडि बढिरहेको छ। मिसन २०८४ नेपालको नयाँ यात्राको रूपमा अगाडि बढाउनुपर्छ। एमालेको एकल बहुमत आएर बनेको सरकारले मात्रै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सकिन्छ।’